बुढानिलकण्ठ नगर युवा परिषदको आयोजनामा नमुना युवा नगर सभा सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,फागुन २२ ।
बुढानिलकण्ठ नगर युवा परिषदको आयोजनामा नमुना युवा नगर सभा सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा -५ मा रहेको ग्रीन भ्याली रिसोर्टमा भएको तीन दिने सो नमुना युवा सभामा १३ वटै वडाका युवाहरुको सहभागीता रहेको थियो ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख तथा परिषदका अध्यक्ष मिठाराम अधिकारीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सचिब योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो नमुना सभामा नगर सभा संचालन र यसका विविध पक्षहरुको बारेमा शैदान्तिक तथा प्रयोगात्मक ज्ञान तथा सीप प्रदान गरिएको थियो।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल ,वडा -१० का अध्यक्ष तथा प्रवक्ता नवराज भट्टराई , सामाजिक विकास समिति संयोजक शान्ता ढकाल , वडा – १ का अध्यक्ष सुरेन्द्र लामा ,वडा -१२ का अध्यक्ष तथा सुसासन समितिका संयोजक शम्भु प्रसाद भट्टराई लगायतको उपस्तिथिमा भएको नमूना युवा संसद कार्यक्रमको समापनमा नमुना नगर सभाको अभ्यास समेत गरिएको थियो।
नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष रुपेस भट्टराईले कार्यक्रम माथी प्रकाश पार्दै स्वागत मन्तव्य राखेको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले केन्द्रीय संसदको बारेमा जानकारी गराएका थिए