नेपाल रास्ट्रीय शिक्षक संगठन बुढानिलकण्ठको अध्यक्षमा बासुदेव थापा, को को बने सदस्यहरु ?
कपन अनलाइन
काठमाण्डौ ,फागुन १६।
नेपाल रास्ट्रीय शिक्षक संगठन बुढानिलकण्ठ नगर समितीको अध्यक्षमा बासुदेव थापा चयन भएका छन।बुढानिलकण्ठमा भएको नगर अधिवेसनले थापाको अध्यक्षतामा १६ सदस्यीय नगर कार्यसमिति चयन गरेको हो।
नगर समितीको महिला उपाध्यक्षमा शान्ति गुरुङ र उपाध्यक्षमा विष्णु बहादुर श्रेष्ठलाई चयन गरेको सो अधिवेसनले सचिवमा राम लामा र कोषाध्यक्षमा रिता भण्डारीलाई चयन गरेको छ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको अधिवेसनले नगर समितीको सह सचिवमा पुष्पा भण्डारी र सह कोषाध्यक्षमा गंगा दुलाललाई निर्वाचित गरेको छ।
त्यस्तै नगर समितीको सदस्यहरुमा चिरन्जीवी पोखरेल,सन्त लामा,शान्ता दाहाल,तुल्सी थापा , रमेश पराजुली,बिमला घिमिरे,अनामिका अधिकारी,रन्जु आचार्य र रमला देवी शर्मा निर्वाचित भएका छन।
सो अधिवेसनमा बन्द शत्रको अध्यक्ष मण्डलको संयोजकमा डिल्ली शर्मा रहेका थिए भने सदस्यहरुमा अमला थापा मगर, प्रदीप डंगोल,श्याम श्रेष्ठ र जय कुमार श्रेष्ठ रहेका थिए। त्यस्तै सो अधिवेसनको निर्वाचन समिती संयोजकमा विष्णु काजी श्रेष्ठ र सदस्यहरुमा बिनोद पण्डित र बलराम फुँयाल रहेका थिए।