चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तयारी पुरा
कपन अनलाइन
काठमाण्डौ ,फागुन १६ ।
नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको आयोजनामा शुक्रवार सुरु हुने चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रतियोगिता तीन दिन सम्म सातदोबाटो स्थित नेपाल कराते एकेडेमी सन्चालन हुनेछ । महिला र पुरुषमा गरि १७ वटा इभेन्ट प्रतियोगितामा समावेश गरिएको छ ।
प्रतियोगितामा सात वटै प्रदेशका र ३ विभागीय (सेना, प्रहरी, एपिएफ) गरि २ सय १० खेलाडी सहित ४० जना अफिसियल तथा विभिन्न ५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुले सहभागिता रहने आयोजक डोजोको उपाध्यक्ष दयाराम महर्जनले बताए ।
कुमुतेमा महिलातर्फ ४५, ५०,५५,६१,६८ केजी मुनि र ६८ केजी माथि तथा पुरुषतर्फ ५०, ५५,६०,६७,७५,८४ केजी मुनि र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ। त्यस्तै दुवै महिला र पुरुषमा एकल र टिम काता पनि समावेश छ ।
बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले यो प्रतियोगिताको परिकल्पना गर्नु भएको थियो । यो प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्न सफल खेलाडीले सिधै राष्ट्रिय कराते टोलीको छनोट राउन्ड रोविनमा खेल्न पाउने नेपाल कराते महासंघले बताइसकेको छ ।
तपाइँको प्रतिक्रिया ।