चेल्सी, दीक्षालय र एमिनिटीको जित
कपन अनलाइन
काठमाण्डौ ,फागुन १५।
चेल्सी वर्ल्ड स्कुल, दीक्षालय र एमिनिटीले तेश्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर गर्ल्समा बिहीबार जित हात पारेका छन् ।
लोकन्थलीस्थित भक्तपुर निस्ट स्कुलको कोर्टमा चेल्सीले मल्पी इन्टरनेसनललाई १७–३, दीक्षालयले त्रियोगलाई १४–६ र एमिनिटीले ओम ज्ञान मन्दिरलाई ९–६ ले पराजित गरे ।
सिनियर ब्वाइजमा गेटवे एकेडेमीले वृहस्पति विद्यापतीलाई ३०–८ तथा जनप्रेमी वल्र्ड स्कुलले तपोभूमिलाई १८–१६ ले हराए ।
जुनियर गल्र्समा जनप्रेमीले गेटवेलार्य ११–४, आर्याले मोर्डन स्कुललाई १२–१०, माउन्ट भ्यूले मोर्डनलाई २५–१६ र ओम ज्ञान मन्दिरले बाल वाटिकालाई १७–१० ले पाखा लगाए ।
जुनियर ब्वाइज फुटबलमा गेटवे एकेडेमीले त्रियोगलाई २–०, मल्पीले चेल्सी वल्र्ड स्कुललाई ४–० र विद्यावाणी पाठशालाले शेमरक निस्टलाई ५–० गोलले पराजित गरे । नेक्सस र आर्याले १–१ गोलको बराबरी खेले ।