नाइटमेर कजिन्सले जित्यो हिमालयन डुओ चेसको उपाधि

नाइटमेर कजिन्सले जित्यो हिमालयन डुओ चेसको उपाधि

कपन अनलाइन

काठमाण्डौ ,फागुन १५।

हिमालयन चेस एकेडेमीद्वारा आयोजित ‘हिमालयन डुओ’ र्यापिड चेस प्रतियोगिताको उपाधि नाइटमेर कजिन्सका सुजन काफ्ले र सविन खतिवडाले जितेका छन् । उनीहरूले पाँच राउन्डमा शतप्रतिशत जितसहित १० अंक जाड्दै सफलता हात पारेका हुन् ।
व्यक्तिगत खेल भएपनि चेसमा सामूहहिक भावना बलियो बनाउन आयोजित एक दिने प्रतियोगितामा प्रवीर केसी र अनमोल राईको टिम गोथम नाइट्स ७ अंकसहित दोस्रोमा रह्यो । यसमा प्रवीरले ४ खेल जिते भने अनमोलले ३ खेलमा सफलता हात पारे । स्वीस प्रणालीअुसार ५ राउन्डमा सञ्चालित प्रतियोगितामा समय १० मिनेटसँगै १० सेकेन्ड इन्क्रिमेन्ट तोकिएको थियो ।
उपकार मार्ग, थापाथलीस्थित एकेडेमीको चेस हलमा नाइट्स ग्याम्बिट ६ अंकसहित तेस्रो भयो । यो टिमका लियोन महर्जन र शुभ तुलस्यानले समान ३ खेलमा जित हात पारे । सिद्धार्थ जेसी श्रेष्ठ र युग युसी श्रेष्ठको टिम फायर एन्ड आइसले बेस्ट नेम अवार्ड जित्यो । प्रतियोगितामा १६ टिम सहभागि थिए । प्रत्येक जितमा २ अंक, बराबरीमा १ अंक दिइएको थियो भने हारमा कुनै अंक थिएन ।
एक रेटेड र एक अनरेटेड खेलाडीको टिम बनाइएको हिमालयन डुओमा उपाधि विजेता नाइटमेर कजिन्सले ५ हजार, उपविजेता गोथम नाइट्सले ३ हजार र तेस्रो भएको नाइट्स ग्याम्बिटले २ हजार रुपियाँ ट्रफी तथा मेडल प्राप्त गरे । प्रथम राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता विकासमान लामा, नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, माइस इन्टरनेसनलका सीओओ सिलु श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोलालिशा खम्बूले पुरस्कार वितरण गरेका थिए ।
गत वर्ष चैत १ गते स्थापित हिमालयन चेस एकेडेमीले आयोजना गरेको पाँचौ प्रतियोगिता हो हिमालयन डुओ । उसले यसअघि एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी र प्यट्रिओटिक पन च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरेको थियो । १ सय बढीलाई नियमित चेस ट्रेनिङ दिइरहेउको एकेडेमीले स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।
Close