काठमाडौं टिम च्याम्पियन

काठमाडौं टिम च्याम्पियन

कपन अनलाइन

काठमाण्डौ ,फागुन १४।

काठमाडौं बागमती प्रदेश काष्ठमण्डप सितोरियो कराते प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ । नेपाल सितोरियो कराते डो संघ, लैनचौर शाखा डोजोको आयोजनामा भएको प्रतियोगितामा ४ स्वर्ण र ३ रजत जित्दै काठमाडौं टिम च्याम्पियन बन्न सफल भयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा भक्तपुर २ स्वर्ण, १ रजत र ३ कांस्यसाथ दोश्रो भयो । चितवनले २ स्वर्ण, १ रजत र ३ कांस्य जितेपनि गोलाप्रथामा तेश्रो स्थानमा चित्त बुझायो ।
विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगिताको पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा ८ सय २९ खेलाडीले सहभागिता जनाएको आयोजक डोजोका अध्यक्ष लक्ष्मण खड्काले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।
Close