नेसनल युनाइटेड स्कुल बुढानिलकण्ठ -८ की छात्रा पलेस्वा रघुवंशी सम्मानित
कपन अनलाइन
काठमाण्डौ ,फागुन १३।
बुढानीलकण्ठ नगरपालिका वडा नं ८ गणेशचोक नेसनल युनाइटेड स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्रा पलेस्वा रघुवंशीलाई मगध गौरव सम्मान २०२५ प्रदान गरिएको छ। १३ वर्षीया पलेस्वा बहुप्रतिभाशाली नृत्यांगना हुन्। उनले विगत ५ वर्षदेखि क्लासिक कल्चर सेन्टरमा नेपाली लोक नृत्य, नेपाली शास्त्रीय चर्या नृत्य र भरतनाट्यम सिक्दै आएकी छिन्। उनलाई गुरु स्वोजन रघुवंशी र गुरुमा प्रमिला श्रेष्ठ ले मार्गदर्शन गर्दै आएका छन्।
पलेस्वाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो नृत्य प्रस्तुत गरिसकेकी छिन्। उनले सानै उमेरदेखि नृत्य क्षेत्रमा यात्रा सुरु गरेकी थिइन् र क्लासिक इन्टरनेशनल नूपुर अवार्ड तथा नेपाल हेरिटेज अवार्ड प्राप्त गर्न सफल भएकी छिन्।
त्यसैगरी, मिस जुनियर एण्ड सिनियर आइडल २०२४ मा उनले ट्यालेन्ट, ड्रेस र फोटोजेनिक जस्ता धेरै उपाधिहरू जित्दै दोस्रो रनर अप बन्ने सफलता प्राप्त गरेकी छिन्।
तपाइँको प्रतिक्रिया ।