LEADS ले आज जनप्रतिनिधि र विद्यार्थीहरु संग अन्तरक्रिया गर्ने

LEADS ले आज जनप्रतिनिधि र विद्यार्थीहरु संग अन्तरक्रिया गर्ने

कपन अनलाइन

काठमाण्डौ ,फागुन १३।

Leaders For Education and Development Society ( LEADS)  ले आज जनप्रतिनिधि र विद्यार्थीहरु विच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा हुने सो अन्तरक्रिया कार्यक्रममा LEADS का सदस्य विद्यालयहरुका विद्यार्थीहरुले नगर उपप्रमुख र शिक्षा ,युवा तथा खेलकुद महाशाखाका प्रमुख संग छलफल तथा अन्तरक्रिया गर्नेछन।

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा र महाशाखा प्रमुख ललित विक्रम सिंहको सहभागितामा हुने सो कार्यक्रम १२ बजे देखि २ बजे सम्म हुने LEADS का अध्यक्ष विष्णु चन्द्र अधिकारीले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।