बुढानिलकण्ठमा महिला नगर प्रहरी माथि हातपात, दोषीलाई कारवाहीको माग

बुढानिलकण्ठमा महिला नगर प्रहरी माथि हातपात, दोषीलाई कारवाहीको माग

कपन अनलाइन

काठमाण्डौ ,फागुन १०।

बुढानिलकण्ठ नगरपालिकामा कार्यरत महिला नगर प्रहरी माथि हातपात भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० रुद्रमती चोकमा रहेका अव्यवस्थित तारहरु व्यवस्थापनका लागि गएकी नगर प्रहरी मनिता मगर माथि केहि युवाहरुले हातपात गरेका थिए।

आफ्नो कार्यक्षेत्रमा सक्रिय हुँदा हातपातमा पर्वको नगर प्रहरी मगर माथि आक्रमण गर्नेलाई तत्काल खोजि गरेर कारवाही गर्नका लागि नगर प्रहरीले आग्रह गरेको छ ।

रुद्रमती चोकमा भएको उक्त घटनामामा दोषी रहेका युवाहरुलाई खोजेर कारवाही गर्नका लागि प्रहरीलाई अनुरोध समेत गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।