बुढानीलकण्ठ युवा परिषद्ले “नमुना युवा संसद्” कार्यक्रम गर्ने

बुढानीलकण्ठ युवा परिषद्ले “नमुना युवा संसद्” कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाण्डौ ,फागुन ९।

युवाहरुको नेतृत्व विकासका साथै युवाहरुलाई संसदिय अभ्यास र नगर सभाको अनुभव गराउने उद्देश्यका साथ “नमुना युवा संसद् स्थापना र अभ्यास कार्यक्रम” संचालन हुन लागेको छ ।

बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषद्‌को आयोजनामा हुन लागेको यस नगरपालिका भित्र स्थायी रुपमा बसोवास गर्ने १६ देखी २४ वर्षका युवाहरु सहभागो हुन पाउनेछन् ।

नगर युवा परिषद् उपाध्यक्ष रुपेश भट्टराईका अनुसार नमुना युवा संसद् अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि ४ दिने आवसिय नमूना युवा संसद् अभ्यास कार्यक्रम संचालन हुन लागेको हो ।

यस कार्यक्रम मार्फत युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउने मुल उद्देश्य राखेको छ ।

फागुन १७ गते देखी १९ गते सम्म आवासिय कार्यक्रम संचालन हुने भएकोले ईच्छुक नगरवासी युवाहरुले २०८१ साल फागुन १५ गतेसम्म आवेदन नगर युवा परिषद्को कार्यालय गई फारम बुझाउनुहुन परिषद्ले आव्हान गरेको छ ।

आवेदकहरुले यसै पत्रसाथ संलग्न भएको अनलाईन फारम QR code scan गरेर पनी भर्न सक्नेछन  । परिषद्का अनुसार सहभागी संख्या सिमित रहेकोले पहिले आउँने आवेदनलाई प्राथमिकतामा राखिएको छ र मापदण्ड नपुगी आएका आवेदनहरु स्वतः रद्ध हुनेछ ।

तपाइँको प्रतिक्रिया ।
Close