बक्स कल्भर्ट निर्माणको निरीक्षणका लागि नेकपा एमालेका प्रभावशाली नेताहरु कपनमा……..

बक्स कल्भर्ट निर्माणको निरीक्षणका लागि नेकपा एमालेका प्रभावशाली नेताहरु कपनमा……..

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

नेकपा एमालेका प्रभावशाली नेताहरुले कपनमा रहेको खरिबोट- त्रिवेणी चोक सडक खण्डमा निर्माणाधीन बक्स कल्भर्टको निरीक्षण गरेका छन।

नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई , पोलिट ब्युरो सदस्य कृष्ण राई , प्रतिनिधि सभा सदस्य शान्ति श्रेष्ठ, प्रदेस कमिटी सदस्य तथा  बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी  नेकपा एमाले काठमाण्डौका अध्यक्ष दिपक निरौला, बागमती प्रदेस सभा सदस्य जयराम थापा, जिल्ला कमिटीका उपसचिव उद्दव भण्डारी सहित जिल्ला तथा नगर  स्तरीय नेताहरुको बाक्लो उपस्थितिमा सो क्षेत्रमा निर्माण भैरहेको बक्स कल्भर्ट निर्माणको अवस्था र भावी योजनाका बारेमा जानकारी प्रदान गरिएको नेकपा एमाले बुढानिलकण्ठ -११ का अध्यक्ष कृष्ण भट्टराईले बताएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ , गोकर्णेश्वर नगरपालिका वडा नं ९ र काठमाण्डौ महानगरपालिका वडा नं ६ का स्थानीय कमिटीका पदाधिकारी र सदस्यहरु सहित सो स्थानमा पुगेका नेताहरुले खरिबोट-त्रिबेणी चोक-जगडोल सडक निर्माणको अवस्था र समस्याहरुका बारेमा अन्तरक्रिया समेत गरेका थिए।

तिन पालिकाको  संगम स्थलमा रहेको सो सडक निर्माण सम्बन्धि छलफल र अन्तरक्रिया गरिएको सो अवसरमा स्थानीयहरुले आफ्ना समस्याहरु राखेको खरिबाेट त्रिवेणी चाेक सहिद पार्क उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर बुढाथोकीले बताएका छन।

तपाइँको प्रतिक्रिया ।
Close