फेरील्यानड बास्केटबलमा गर्ल्सतर्फ बेस्ट इमर्जिङ टिमको उपाधी मन्जरीलाई
कपन अनलाइन
काठमाण्डौ ,फागुन ५।
बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको मन्जरी सेकेण्डरी स्कुलले फेरील्यानड बास्केटबलमा गर्ल्सतर्फ बेस्ट इमर्जिङ टिमको उपाधी जितेको छ। जुनियर ब्वाइजमा गुरुकुल पब्लिक र जुनियर गर्ल्समा मन्जरी ‘इमर्जिङ टिम’ ठहरिएका थिए ।
जुनियर ब्वाइजमा किङडमका अच्युत तामाङ तथा जुनियर गल्र्समा फेरिल्यान्डकी रणुका तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा न्युटनका आशिष राई तथा जुनियर गल्र्समा बौद्ध चिल्ड्रेन हेभेनकी जस्मिन गुरुङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । जुनियर ब्वाइजमा ग्रिनल्यान्डका विश्वास केसी तथा जुनियर गल्र्समा न्युटनकी आईरिन राना उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
विजेतालाई बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उप मेयर अनिता लामा, बूढानीलकण्ठ शिक्षा महाशाखाका प्रमुख ललितविक्रम सिंह, काठमाडौं प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, प्याव्सन बुढानिलकण्ठका उपाध्यक्ष तथा मन्जरी स्कुलका प्रिन्सिपल टिका गौतम , फेरिल्यान्डका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारी, फेरिल्यान्डका संस्थापक निर्देशकत्रय रामप्रसाद गौतम, विनोद अधिकारी र राजेन्द्र देवकोटाले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी थिए ।