एलरोज एजुकेसनको आयोजनामा माघ २६ गते Second National Abacus Competition हुने

एलरोज एजुकेसनको आयोजनामा माघ २६ गते Second National  Abacus Competition हुने

कपन अनलाइन

काठमाण्डौ ,माघ २४ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको एलरोज एजुकेसनको आयोजनामा यहि माघ २६ गते सनिवार Second National Abacus Competition हुने भएको छ।

ABACUS र VEDICBAIDHIK MATH का विभिन्न कोर्सहरुलाई प्राथमिकतामा राखेर कक्षाहरु संचालन गर्दै आएको एलरोज एजुकेसन प्रालिले ५० भन्दा बढी विद्यालयका विद्यार्थीहरुको सहभागितमा सो प्रतियोगिता आयोजना गर्न लागेको निर्देशक लिला  पोखरेलले जानकारी दिएकी छन।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मित्रपार्कमा रहेको आर बि होम पार्टी प्यालेसमा हुने सो प्रतियोगितामा विद्यार्थीहरुले विभिन्न प्रस्तुतिहरु समेत दिनेछन।

हाल सम्म ८ वटा विद्यालयमा  Abacus Competition सम्पन्न गरिसकेको एलरोज एजुकेसनले  पौराणिक ABACUS  विधिलाई आधुनिक शिक्षण रणनीति, अन्तरकृयात्मक सिकाई र विशेष रुपमा तयार पारिएको पाठयक्रम अध्यापन गर्दै आएको छ।

तपाइँको प्रतिक्रिया ।
Close