बुस्टिंग बूढानीलकण्ठसाथ  अपूर्व भेट् भयो :त्रिलोचनआचार्य (कविता )

बुस्टिंग बूढानीलकण्ठसाथ  अपूर्व भेट् भयो :त्रिलोचनआचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ १७।

१. एकासी सालमाघको बाह्र,जाउँशिवपुरीमा
त्यैँ कविगोष्ठी, गरौँला घुम्ती, डाँडागाउँ धुरीमा
चिनाउँ सट्ट, बूढानीलकण्ठ माझमाकविको
स्वादिला पुरा, पुण्यका कुरा,प्रकृति प्रेमको ।
२. घुम्तीको मेलो,काव्यको, खेलो हेर्ने हो जंगल
बूढानीलकण्ठ, भेलाउत्कृष्ट,त्यहीभोे मंगल
दर्शन चोखो,मनको धोको, संयोग सुनौलो
छाडेर कुटी, चार बीस जुटी,एकाम्य यै नौलो
३. खुलेछ पैलो,आश्रम दैलो चन्द्रेश समाधी
गुञ्जनकोे बोली,कविका टोलीभावुकनियाली
कविता लेख्ने,गीतमाझुम्ने,चन्द्रेशविनानै
आश्रम झट्ट,होशमाआई, देखियो उठेझैँ
४. त्यो आत्मविकास स्कूलले सुवास,दिलमा सजायो
छन् यात्रीभोका स्नेहले चियाखाजामाखास छायो
खप्तड बाबा समाधीपुग्दा,विचार विज्ञान
पढेर आस्था बढेथ्यो शिर झुकाई सम्मान
५. पुग्दामापानी,मुहानहामी,आर्मीले गनेर
पठाए भित्र,नखिच्नु चित्रयहाँको भनेर
छ वरिपरि,वन र झाडी जंगल घना छ
रसिलो माटो,प्रकृतिभित्रजादु र टुना छ
६. नहिँड्नू एक्लै, झाडी छ बाक्लै,जंगलीजन्तु छन्
नगर्नु हल्ला, निरीह प्राणी, तर्सेर डर्दछन्
यो शान्ति क्षेत्र,बन्द छन् नेत्र, छन् दृढ तपस्वी
गरेर रोज, ज्ञानको खोज, बन्दछन् यशस्वी
७. खुलेको राम्रो,जंगलहाम्रो,प्रकृतिबहार
शीतलताको,अजस्र श्रोत,फाइदाअपार
मनको ढोका, सुखको पोका,शान्तिको पाइलो
शिवको नाम,पवित्रदिव्य, सृष्टिको यो थलो
८. बनेर यस्तो,भावुकजस्तो, विष्णुव्दार पुगियो
उकाली चढ्दै,ओरालीझर्दै, हिँड्नु नै पर्दथ्यो
कल्कलचोला,खहरे खोला,सिर्जना पवित्र
कहाँ छ श्रोत,कहाँ छ बोट,फल खान्छौँ विचित्र
९. यीकान्तिपुरीे, रहिछन् परी, चौपट्ट सुन्दरी
लगाएसरि, छ शिवपुरी, ताजवापगरी
वन र बुट्टा, कपाल लट्टा, परेरझैँ देखियो
आँखाको कसी, दिलको मसी, मनमा लेखियो
१०. कहिलेसँगै, कहिले टाढा,साथीभाइ समेत
न भोक जाग्ने, नथकाई लाग्ने, सुखको समुद्र
विष्णुव्दार खोज्दा, छलिनेहरु, हस्यांगफस्यांग
गरेर आए, रमाइलो ठाउँ, त्यै डाँडागाउँमा
११. लोभिएआँखा, सुरिलो भाका, गीतमाखुल्यो मन
नजाउकतै, भेटिन्छ यतै, रारा र रानीवन
यत्तिको दृश्य, देख्न त विश्व, घुमे नि पाइन्न
बनाउ बाटो,शिखर चुम्ने, भ्यूटावर चाहिन्न
१२. शिक्षक साथी, दोर्जेको घर,स्वागतखास थ्यो
भान्सात्यो खुला, क्या मीठोमुला, तृप्तिको बास थ्यो
थकाई भुली, हेरेर चुली, त्यैँ कविगोष्ठी भो
भाव र लय, उपमा सुन्दा, सबैमा दोस्तीभो
१३. खोलेर कान, दिएर ध्यान, सुन्दैथ्यो भ्याली नि
पलेटी कसी, गुर्जेले सुन्यो, शार्दूल मालिनी
सभाकापति रविनअति, उत्साहित देखिन्थे
वरिष्ठ कवि, गोविन्द सुन्दै, मुस्काई रहन्थे
१४. रत्नले गीत, घनश्याम भजन, बालचन्द्र काँठेगीत
बीचबीचमाआई, निबन्धभाइ, नाचेर मार्थे धित
नेतालाई उठी, शब्दले चुट्थे, बासुदेव अपार
शार्दूलभित्र, गुञ्जिएआज, उत्तमविचार
१५. निर्मलाजानुका, मिलेर खुले, गीतमाबबाल
सायमी स्नेह रमालीलक्ष्मी, कविता सल्सल
भारव्दाजमित्र, बास्तोलाहोम, महेन्द्र चालिसे
परशुराम दुइटा बाटै कवितागुञ्जिए
१६. लक्ष्मण तामांग, तामांग सेलो, चम्किएगानमा
कविता साथै अनितालामालम्किईन् नाचमा
राम लामिछाने,प्रदीप डंगोल,आशिषयतै छन्
गजलमालीला,छन्दमा ओम, शारदा कविझन्
१७. नराखीभय, त्यैँ आधा सय, कविता घन्कियो
होम् स्टे चाला, वाकाव्यशाला, डाँडागाउँ चम्कियो
गजलगीत, मुक्तकभयो, भाषण भएन
हेर्दैमानाच, बजेछ पाँच, समय रहेन
१८. सबैका नाम, विचार भाव, बताई सकिन्न
समुद्र थियो,बोकेर लोटा, उठाई सकिन्न
रुद्राक्षमाला बु.न.पा.बाट गरियो समर्पण
भन्दैछ न.पा., होस् अभिवृध्दि, आन्तरिक पर्यटन
१९. डाँडागाउँबाट, फर्किँदा घाम, झरेछन् सुटुक्क
सबैले सोच्थे, पुगेर बास, सुतौँला लुटुक्क
गएछ दिन, मनमालाख, उत्साहजगाई
यो अनुभव, साँचिन्छ अब, असाध्य रमाई
२०. ज्ञानको दीयो, रमाइलो थियो, यात्राको व्यवस्था
बुस्टिंगको छवि, घुम्तीका कवि, नगरको अवस्था
एकसयमाथि छयालिस् घुम्ती को भन्छ लेट् भयो
बुस्टिंग बूढानीलकण्ठसाथ अपूर्व भेट् भयो ।
२०८१।१०।१६
कपन, काठमाडौँ ।
तपाइँको प्रतिक्रिया ।