डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंमा हुने

डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंमा हुने

कपन अनलाइन

काठमाण्डौ ,माघ १६।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सनआगामी वैशाख ६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ ।

काठमाडौंमा एक कार्यक्रमकाबीच डिष्ट्रिक्ट गभर्नर लायनमिलनथापाले आगामी वैशाख ६ गतेका लागिअफिसियल रुपमाकन्भेन्सन गल गरेकीहुन् । लियोको डिष्ट्रिक्ट कन्भेन्सनपनिउक्तदिन नै हुनेछ । कार्यक्रममाबोल्दै डिष्ट्रिक्ट गभर्नर थापाले कन्भेन्सन सफलबनाउन सबैलाई सक्रियभएर लाग्न अनुरोध गरिन् ।

कार्यक्रममाउपस्थित पिडिजी, फस्ट पर्सन तथा मल्टिपल कन्भेन्सनचियरपर्सन लायन डा. ध्रुबबहादुर थापा, पिडिजी लायन योगेन्द्र प्रधान, आईपिडिजी लायन हरिप्रसाद मरहट्टा लगायतले कन्भेन्सनको सफलताकालागिशुभकामनादिएकाथिए ।

लायन्स र लियो डिष्ट्रिक्ट कन्भेन्सनव्यवस्थापनका डिष्ट्रिक्ट गभर्नरको प्रत्यक्षनिर्देशन र व्यवस्थापनमा परिचालितहुने गरी ३० वटा समितिबनाइएको छ । सबै समितिमा गरी २०७भन्दा बढी लायन्स लिडरहरु कन्भेन्सन सफलबनाउन सक्रियहुनेछन् । लायन्स क्लबअफ काठमाडौंबनस्थलीले होस्ट क्लब र पिआरओ चिफलायन रामराजाथापाले मुख्यकन्भेनरको जिम्मेवारी प्राप्त गरेका छन् । तेस्रो कन्भेन्सनको चियरपर्सन लायनबसन्तकुमार गौतम छन् ।

कन्भेन्सनमा डिष्ट्रिक्ट ३२५ जे नेपालकालायन्स लिडर र सदस्य गरी करिब १ हजार ५ सय जनाको सहभागिता रहने अनुमानगरिएको छ । डिष्ट्रिक्ट ३२५ जे माहाल १३० वटा क्लब र ३ हजार भन्दा बढी लायन्स सदस्यहरु छन् ।

कन्भेन्सनकलकार्यक्रममाहालसालै त्रिविलायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रमा कोषाध्यक्षनिर्वाचित पिडिजी लायनध्रुर्ब बहादुर थापा र सदस्यमानिर्वाचितलायन रामराजाथापालाई सम्मानगरिएको थियो । त्यस्तै अमेरिकामाहुने डिष्ट्रिक्ट गभर्नर प्रशिक्षण कार्यक्रममा सहभागीहुनजानलागेका फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायनमिलनबाबु मल्ललाई विदाई गरिएको थियो ।

आगामीजुलाई १ बाट हालका फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायनमिलनबाबु मल्ले गभर्नरको जिम्मेवारी सम्हाल्नेछन् । साथै कन्भेन्सनमाहालका सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायनप्रजापतीबाँस्तोला फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमानयाँ नेतृत्व चयन गरिनेछ ।

क्याबिनेट सेक्रेटरी लायन कृष्ण बहादुर अधिकारीले सञ्चालन गरेको कन्भेन्सनकलकार्यक्रममा फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायनमिलनबाबु मल्ल, सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायनप्रजापतीबाँस्तोला, क्याबिनेट ट्रेजरर लायनकल्पनाथापा, चिफ एडभाईजर लायनकुशप्रसाद मल्लीलगायतकाअन्यसिनियर लायन्स लिडरहरु र डिष्ट्रिक्टमा विभिन्नपदमा रहेका लिडरहरुको उपस्थितीरहेको डिष्ट्रिक्ट मिडिया चिफलायन पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।