सेवानिवृत राष्ट्रसेवक संघ काठमाडौंको सातौँ वार्षिकोत्सव सम्पन्न

सेवानिवृत राष्ट्रसेवक संघ काठमाडौंको सातौँ वार्षिकोत्सव सम्पन्न

कपन अनलाइन, भाद्र-२४
सरकारी सेवाबाट अवकाशप्राप्त गरेका कर्मचारीहरुको संगठन सेवानिवृत राष्ट्रसेवक संघ काठमाडौं जिल्ला शाखाको सातौं वार्षिकोत्सव सम्पन्न भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १४ स्थित कपन फैकामा रहेको संस्थाको भवनमा सम्पन्न भएको वार्षिकोत्सव कार्यक्रमलाई नेपालका सरकारका संस्कृति, पर्यटन तथा नागरीक उड्याउन मन्त्रि कृपाशुर शेर्पाले उद्घाटन गरेका थिए । पूर्व कर्मचारीसमेत रहेका शेर्पाले सेवानिवृत कर्मचारीहरुले सामाजिक सकृयतामा आफूलाई अगाडि बढाउन पर्ने बताउँदै सेवा निवृत कर्मचारीहरुको हकहितका लागि सदैव अगाडि बढ्ने बताए ।

कार्यक्रममा जिल्ला समितिका अध्यक्ष रविप्रसाद पौडेलले काठमाडौं कार्यसमिति सेवानिवृत्त कर्मचारीको हकहितका लागि बिबिध कार्यक्रम तथा सक्रियता देखाएको बताएका थिए । निजामति कर्मचारी दिवशको अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा करिब ३०० सेवानिवृत कर्मचारीहरुको उपस्थिति थियो । वार्षिकोत्सव कार्यक्रममा निजामति कर्मचारी विषयक वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको थियो ।

वार्षिकोत्सव कार्यक्रमको तस्विरहरु:‍

DSC03354 DSC03358 DSC03389 DSC03390 DSC03391 DSC03392 DSC03393 DSC03394 DSC03395 DSC03396 DSC03398 DSC03399 DSC03400 DSC03401 DSC03402 DSC03403 DSC03404 DSC03405 DSC03406 DSC03407 DSC03409 DSC03410 DSC03414 DSC03415 DSC03416 DSC03417 DSC03336 DSC03341 DSC03344 DSC03346 DSC03348 DSC03352

तपाइँको प्रतिक्रिया ।