गोल्डेन लाइफ बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न, को को बने पदाधिकारी र सदस्य ?

गोल्डेन लाइफ बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न, को को बने पदाधिकारी र सदस्य ?

कपन अनलाइन
काठमाडौं, पुस ६।

गोल्डेन लाइफ बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नम १० मा रहेको मिलन चोक पार्टी भेन्युमा भएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष शंकर बहादुर कार्कीको अध्यक्षतामा भएको साधारण सभाले बिनोद आचार्यको अध्यक्षतामा नौ  सदस्यीय कार्यसमिति चयन गरेको छ।

उक्त साधारण सभाबाट गोल्डेन लाइफ बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्षमा राममणी भट्टराई चयन भएका छन भने सचिवमा इन्द्र बहादुर थापा र कोषाध्यक्षमा सुलोचना कार्की चयन भएका छन।

संस्थाको सदस्यहरुमा केदारराज पुडासैनी ,राजेन्द्र पुडासैनी ,इन्द्र प्रसाद न्यौपाने ,शम्भु अधिकारी र कृष्ण बहादुर मिश्रलाई निर्वाचित गरेको सो साधारण सभाले लेखा सुपरिवेक्षण समितीको संयोजकमा राजु पुडासैनी तथा सदस्यहरुमा राज कुमार श्रेष्ठ र राज लम्साललाई निर्वाचित गरेको छ ।

तपाइँको प्रतिक्रिया ।