संस्थागत विद्यालय संघ नेपाल ( इसान) को साधारण सभा सम्पन्न,को को बने पदाधिकारी र सदस्यहरु ?

संस्थागत विद्यालय संघ नेपाल ( इसान) को साधारण सभा सम्पन्न,को को बने पदाधिकारी र सदस्यहरु ?
कपन अनलाइन
काठमाण्डौ,पुस ५।

संस्थागत विद्यालय संघ नेपाल ( इसान) को दोश्रो साधारण सभा  सम्पन्न भएको छ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा भएको सो साधारण सभाले इसानको नगर कार्यसमिति चयन गरेको छ।

थलीमा  रहेको व्यंजन पार्टी प्यालेसमा भएको सो दोश्रो नगर अधिवेसनले  यादव घिमिरेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ। सो समितिको उपाध्यक्षमा देवेन्द्र श्रेष्ठ रहेका छन भने सचिवमा दिपेन्द्र कुमार यादव कोषाध्यक्षमा जयराम सापकोटा चयन भएका छन।

नगर शिक्षा शाखाका प्रमुख पुष्पराज ढकाल र तेक्रन्द्र ढकालको  उपस्थितिमा भएको साधारण सभाले समितिको सह सचिवमा सबिना दाहाल र सदस्यहरुमा गौरी फुँयाल ,दिपा गौतम ,सरस्वती श्रेष्ठ र शुसिला श्रेष्ठलाई चयन गरेको छ।

तपाइँको प्रतिक्रिया ।