राखेप कर्मचारी संघमा ५ सदस्य मनोनित
कपन अनलाइन
काठमाण्डौ,पुस ३ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले केन्द्रीय कार्यसमितिमा ५ कर्मचारीलाई सदस्यमा मनोनित गरेको छ ।
संघकी अध्यक्ष सरस्वती केसी भण्डारीको अध्यक्षतामा बसेको बैठकले ३ स्थायी र २ करार गरी ५ कर्मचारीलाई सदस्यमा मनोनित गरेको संघका महासचिव कुमार बस्नेतले जनाएका छन् ।
स्थायीतर्फ गण्डकी प्रदेशबाट डम्बरबहादुर नेपाली, कर्णाली प्रदेशबाट राम ओली र केन्द्र (राखेप) बाट अमृता घिमिरेलाई मनोनित गरियो । करारतर्फ नारायणहरि थापा र रामकुमार थारु मनोनित भए ।
महासचिव बस्नेतका अनुसार कर्मचारी संघमा करार कर्मचारीलाई पहिलोपटक केन्द्रीय कार्यसमितिमा समावेश गरिएको हो । ५ सदस्यको मनोनयनसंगै केन्द्रीय कार्यसमितिले पूर्णता पनि पाएको छ । केन्द्रीय कार्यसमिति ३५ सदस्यीय रहने प्रावधान छ ।
तपाइँको प्रतिक्रिया ।