शंखरापुर  नगरपालिका–५ की युवती गौशालामा मृत फेला परिन

शंखरापुर  नगरपालिका–५ की युवती गौशालामा मृत फेला परिन
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २७।

गौशालास्थित राममन्दिर नजिकै जंगलमा एकजना छात्रा मृत फेला परेकी छन् । तिनकुनेस्थित पेन्टागन कलेजमा १२ कक्षामा अध्ययनरत मनिषा मिजर मृत अवस्थामा भेटिएकी हुन् ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ  । शंखरापुर  नगरपालिका–५ घर भएर परिवारसँग शान्तिनतगर बस्ने २० वर्षीया मिजारको शवसँगै फेला परेको ‘ओस्ताज’ नामक विषादीको बट्टा प्रहरीले बरामद गरेको छ ।

तपाइँको प्रतिक्रिया ।
Close