किर्तिपुर नगरपालिकाको उम्मेदवारमा एमालेका डा. सुरेन्द्र मानन्धर सर्वसम्मत,अन्य वडामा को ?
कपन अनलाइन
काठमाण्डौ , कात्तिक २२।
मङ्सिर १६ गते हुने उप निर्वाचनमा किर्तिपुर नगरपालिकामा नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने सर्वसम्मत सिफारिस गरिएको छ।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठकले मानन्धरलाई नगर प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो। त्यस्तै सो बैठकले अन्य वडाहरुमा हुने निर्वाचनका लागि पनि सर्वसम्मत रुपमा उम्मेदवार बनाउन सिफारिस गरेको छ।
काठमाण्डौ जिल्लाको बामपन्थी राजनीतिमा लामो समय देखि क्रियाशील रहेका मानन्धर विद्यार्थी राजनीति हुदै नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेका छन।काठमाण्डौ क्षेत्र नं १० मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत भैसकेका मानन्धरले संवैधानिक कानून विषयमा विद्यावारिधि गरेका छन।
त्यस्तै सो बैठकले कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई जिल्ला कमिटीले पनि सर्वसम्मत सिफारिस गरेको छ ।