बुढानिलकण्ठ मन्दिरमा लाग्ने हरिबोधनी एकादशी मेलाको तयारी तीव्र, उपसमितिहरु गठन

बुढानिलकण्ठ मन्दिरमा लाग्ने हरिबोधनी एकादशी मेलाको तयारी तीव्र, उपसमितिहरु गठन

कपन अनलाइन
काठमाण्डौ , कात्तिक २०।

बुढानिलकण्ठ मन्दिरमा हरेक वर्ष संचालन हुदै आएको हरिबोधनी एकादशी मेलाको तयारी तीव्र रुपमा अगाडी बढाईएको छ।

कार्तिक १९ गते बसेको मूल समारोह समितीको बैठकले मेला संचालनका लागि विभिन्न उपसमितिहरु गठन गरेको बुढानिलकण्ठ क्षेत्र विकास समीतीका अध्यक्ष विदुर विक्रम खडकाले जानकारी दिएका छन।

कार्तिक २७ गते देखि ३० गते सम्म संचालन हुने सो मेलामा देश विदेशका विभिन्न स्थानबाट बाक्लो शंख्यामा भक्तजनहरु आउने भएकोले यस पटक सहज र व्यवस्थित रुपमा दर्शन गर्ने व्यवस्था गर्ने तयारी गरिएको अध्यक्ष खड्काले बताएका छन।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको संयोजकत्वमा गठन भएको मूल समारोह समितीको बैठकले मेलालाई प्रभावकारी र व्यवस्थित बनाउनका लागि विभिन्न कार्ययोजनाहरु समेत तयार गरेको छ।

सो बैठकले अतिथि सत्कार तथा व्यवस्थापन , प्रचार प्रसार, सुरक्षा व्यवस्थापन, बजार व्यवस्थापन ,स्वयम सेवक परिचालन लगायत विभिन्न उपसमितिहरु गठन गरेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।