पौडीमा २ राष्ट्रिय कीर्तिमान

पौडीमा २ राष्ट्रिय कीर्तिमान
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ४ ।

नेपाल पौडी संघले वल्र्ड एक्वेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनौट प्रतियोगिता आयोजना गरेको छ । शनिबार भएको उक्त प्रतियोगिता मा २ महिला र २ पुरुष गरी ४ खेलाडी छनौट भएका छन् । सातदोबाटो स्थित हिटिङ पौडी पोखरीमा भएको प्रतियोगितामा २ नयाँ राष्ट्रिय कीर्तिमान पनि बनेको छ । २०१३ को साफ गेममा नासिर हुसेनको नाममा बनेको राष्ट्रिय कीर्तिमान भंग गर्दै ४०० मि फ्रीस्टाइलमा अथर्भ सिंहले निर्धारित दूरी ४ मिनेट १६.०८ सेकेन्डमा पार गर्दै नयाँ रेकर्ड बनाए । हुसेन को उक्त समय ४ः३३ः०५ थियो ।
अर्को २०१० मा सप्पन्न १० औं फिना वर्ल्ड कपको दौरान शैलेस सम्सेर जङ्ग बहादुर रानाको नाममा रहेको १०० मिटर आइएम को रास्ट्रीय कीर्तिमान तेन्जिङ रायन नाम्डोल गुरुङले बिस्थापित गरिएको छ । गुरुङले  १ः०३ः१९ समयमा नयाँ रेकर्ड बनाएको छ । रानाको १ः०९ः२० समय रहेको थियो ।
पौडी संघले उक्त प्रतियोगिताबाट पुरुषतर्फ अजलकाजी ताम्राकार र अर्थभ सिंह तथा महिलामा दुवाना लामा र अनुसिया तन्डुकारलाई छनौट गरेको छ । अक्वा टाइमको आधारमा खेलाडी छनौट गरिएको छनौट समितिका सदस्य बिजेनमान श्रेष्ठले जनाएका छन् । वल्र्ड एक्वेटिक्स हङ्गेरिको बुडापेस्टमा डिसेम्बर १० देखि १५ तारिखसम्म हुनेछ ।

तपाइँको प्रतिक्रिया ।