तारकेश्वर नगरपालिकाका अमिन ईश्वर चन्द्र चौलागाई घुस माग गरिरहेको अवस्थामा पक्राउ

तारकेश्वर नगरपालिकाका अमिन ईश्वर चन्द्र चौलागाई घुस माग गरिरहेको अवस्थामा पक्राउ

कपन अनलाइन
काठमाडौं, असोज १४।

तारकेश्वर नगरपालिकामा कार्यरत अमिन (करार) ईश्वर चन्द्र चौलागाई जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको अवस्थामा पक्राउ परेका छन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले  अमिन ईश्वर चन्द्र चौलागाईलाई सेवाग्राहीबाट रु.२०,०००।-(बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रु.३४,०००।– (चौतीस हजार रुपैयाँ) सहित  तारकेश्वर नगरपालिका वडा नं. ६ धर्मस्थलीबाट पक्राउ गरेको हो।

चौलागाईलाई २०८१ साल असोज १४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

तपाइँको प्रतिक्रिया ।