नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचित

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचित

कपन अनलाइन
काठमाडौं, भदौ २ ४  ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ आइतबार ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यकारणी कमिटीको सदस्यमा निर्वाचित भएका छन् । उनी ओसीएको स्पोर्ट्स एन्ड इन्भाइरोमेन्ट कमिटीको अध्यक्षमा पनि चिर्वाचित भए ।
ओसीएको भारतीय राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपमा भएको ४४ औं साधारण सभामा अध्यक्ष श्रेष्ठ कार्यकारणी कमिटीको सदस्य तथा स्पोर्ट्स एन्ड इन्भाइरोमेन्ट कमिटीको अध्यक्षमा चुनिएका हुन् ।
त्यस साधारण सभामा ओसीएको अध्यक्षमा राजा रणधीर सिं पनि निर्वाचित भएका छन् । नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले साधारण सभाको निर्वाचन मण्डलको सदस्यका रूपमा भूमिका निभाएका थिए ।

तपाइँको प्रतिक्रिया ।