१८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबलमा केभीकेएसएस र स्वर्णदीप विजयी

१८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबलमा  केभीकेएसएस र स्वर्णदीप विजयी

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ५।

काठमाडौं विद्याकुञ्ज स्कुल (केभीकेएसएस) र स्वर्णदीपले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन् । केभीकेएसएस सिनियर गल्र्स र स्वर्णदीपले जुनियर ब्वाइजमा सफलता केभीकेएसएसले बसुन्धरा नेसनल एकेडेभी (बीएनए) लाई २४–१९ ले पराजित ग¥यो । केभीकेएसएसका लागि अनुशा गुरुङले १३ अंक जोडिन् । स्वर्णदीपले एचएचसीएलाई १६–१४ ले हरायो । स्वर्णदीपका मनीष मगरले ६ अंक जोडे ।
सिनियर गल्र्समा इडेन ब्रिज एकेडेमी (इबीए) ले प्रारम्भावलाई ३०–२५ तथा पारामाउन्टले संस्कृति शिक्षा सदनलाई २२–१८ ले पाखा लगाए । इबीएकी अम्बिा पटेलले १० तथा पारामाउन्टकी एलिना राईले ६ स्कोर गरे ।
जुनियर ब्वाइजमा नव ज्ञानभूमिले ज्ञान संस्कारलाई १९–१६, लालीगुराँस नेसनल एकेडेमीले ग्रिनफिल्डलाई ३१–१८ र सेबले संस्कारलाई ३७–२७ ले पन्छाए । नव ज्ञानभूमिका निकेश खड्काले १०, लालीगुराँसका रोहित गुरुङले १३ र सेबका उविन तामाङले १० स्कोर गरे ।
सिनियर ब्वाइजमा शुभकामनाले हिमालयलाई ३३–२३, गोल्डेनपिकले आयोजक ग्रिनल्यान्ड ‘ए’ लाई ४५–४२ र स्कोलर्स होमले बीएएसलाई २९–२२ पराजित गरे । शुभकामनाका विमल सिर्पालीले १८, गोल्डेनपिकका विजय तामाङले १३ र स्कोलर्स होमका दिपोन मगरले १५ अंक बटुले ।

तपाइँको प्रतिक्रिया ।