धोबीखोला क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
कपन अनलाइन
काठमाण्डौ ,साउन २२।
वर्षासँगै केही नदी तथा खोलामा आकस्मिक बहावको उच्च जोखिमको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।यसै क्रममा धोबीखोला क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ
धोबीखोला संगै आज मेलम्ची, वाग्मती, विष्णुमती, , हनुमन्तेखोला, कालीगण्डकीको सहायक नदीहरू, तिनाउ, बाणगंगा, कञ्चनखोला, दानोखोलालगायत अन्य स–साना नदीमा बहाव बढ्ने, केही नदीमा आकस्मिक बहावको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको महाशाखाको सूचनामा उल्लेख छ ।
तपाइँको प्रतिक्रिया ।