बुढानिलकण्ठको विकासमा पुर्व रास्ट्रपति भण्डारीको चासो,पानी प्रशोधन केन्द्र स्थलगत अवलोकन
कपन अनलाइन
काठमाण्डौ ,साउन २१।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुढानीलकण्ठ नगरपालिका–५ आइतबारे पार्कस्थित चिसेनीमा बन्न लागेको खानेपानीको बाँध र पानी प्रशोधन केन्द्र स्थलको अवलोकन गरेकी छन ।
बुढानीलकण्ठ नगरपालिकाको समन्वय तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहयोगमा उक्त स्थानमा ड्यामसहितको १४ लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण निर्माण गर्न लागिएको हो ।
अवलोकनका क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई आयोजनाका विषयमा काठमाडौं ४ (ख) का प्रदेश सांसद जयराम थापा, नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर सञ्जिव विक्रम राणा लगायतले जानकारी गराएका थिए ।
सो अवसरमा नेकपा (एमाले) काठमाडौंका अध्यक्ष दीपक निरौला ,नगर अध्यक्ष प्रदिप डंगोल, बुढानिलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष बिदुर विक्रम खड्का लगायत वडा नं ३ तथा ५ का जनप्रतिनिधिहरु एवम् स्थानीयहरूको सहभागिता रहेको थियो ।
सर्भे भइरहेको ड्याम र पानी प्रशोधन केन्द्र निर्माण भएपछि बूढानीलकण्ठ आसपासका दुई लाख जनसंख्यामा खानेपानीको सहज आपूर्ति हुने विश्वास रहेको नेकपा एमाले नगर अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन ।