महालक्ष्मी नगरपालिकामा पैदल यात्रीहरुका लागि स्वचालित जेब्रा क्रसिगं लाइटको उद्घाटन

महालक्ष्मी नगरपालिकामा पैदल यात्रीहरुका लागि स्वचालित जेब्रा क्रसिगं लाइटको उद्घाटन

कपन अनलाइन

काठमाण्डौ ,असार २ ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा स्वचालित जेब्रा क्रसिगं भिडियो रोल ट्राफिक जनचेतना जगाउन काठमाडौँ महानगरपालिकाका नगरपालिकाले बेला बेलामा ट्राफिक सचेतनामुलक कार्यक्रमहरु गर्दै आएका छन् ।

पैदल यात्रीहरुका लागि सजिलो होस् भन्ने उदेश्यले पछिल्लो समयको विजान र प्रविधिको युगमा अत्याधुनिक मेसिनबाट नै धेरै कामहरु भइरहेका बेला स्वचालित जेब्रा क्रसिगं ट्राफिक लाइटको प्रयोग बढ्दो छ । यो स्वचालित जेब्रा क्रसिगं ट्राफिक लाइटको प्रयोग काठमाडौँ उपत्यकाका विभिन्न नगरपालिकामा प्रयोग हुन थालेका बेला बिहिबार ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि गज्जबको दृश्य देखियो ।

भिडियो रोल महानगरपालिकाले बाहुनधारा चोक, सानागाउँ भाटभटेनी नजिक र कृष्ण मन्दिर चोकमा स्थानीयहरुलाई बाटोृ बाट्न असहजता भइरहेको भन्दै पैदल यात्रीहरुका लागि स्वचालित जेब्रा क्रसिगं ट्राफिक लाइटको उद्घाटन गरेको छ । सो अवसरमा स्थानीय जनप्रतिनिधिदेखि, ट्राफिक प्रहरी र स्थानीयबासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।