नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा जयराम थापाको उम्मेद्वारी

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा जयराम थापाको उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा जयराम थापाले  उम्मेद्वारी दिएका छन। काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट बागमती प्रदेस सभा सदस्यमा निर्वाचित भएका थापाले खुल्ला सदस्यको क्लस्टरबाट जिल्ला सदस्य पदमा उम्मेद्वारी दिएका हुन् ।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य रहेका थापा २०७९ सालको प्रदेस सभा निर्वाचनमा काठमाण्डौका २० निर्वाचन क्षेत्रमा  विजयी ४ जना प्रदेस सभा सदस्य मध्य एक रहेका छन।  बागमती प्रदेस सभामा निर्वाचित तिन जना सदस्यहरु नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य भैसकेको अवस्थामा थापाको उम्मेद्वारी घोषणालाई निकै चासोका साथ हेरिएको छ।

ढानिलकण्ठ -२ मा रहेको  गणेश मावि, चपली अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्षका रुपमा औपचारिक राजनीति सुरु गरेका थापाले  अनेरास्ववियु जिल्ला कमिटी हुँदै केन्द्रिय कमिटीमा रहेर जिम्मेवारी बहन गरेका थिए ।

वि. सं. २०५२ सालदेखि नेकपा एमालेको संगठित सदस्य रहेका  थापाले क्षेत्र नं. ४ मा बुद्धिजिवी कमिटीको ईन्चार्जदेखि नेकपा एमाले केन्द्रिय संस्कृति विभागको सदस्यका रुपमा राजनीतिक योगदान पुर्याएका थिए भने नेकपा एमाले निकट प्रगतिशिल कानुन व्यवसायी संगठन (पिपिएलए) पाटनको अध्यक्ष हुँदै केन्द्रिय कमिटी सदस्यका रुपमा पेशागत योगदान दिएका छन।

२०७१ देखि २०७५ सम्म बुढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्षका रुपमा धार्मिक, साँस्कृतिक, पर्यटकीय विकासमा सक्रिय रहेका थापाले  अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर गरेर  भारतबाट अन्तर्राष्ट्रिय कुटनैतिक कानुनमा पिएचडी गरिरहेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।