नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा राजन पोखरेलको उम्मेद्वारी

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा राजन पोखरेलको उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा राजन पोखरेलले  उम्मेद्वारी दिएका छन। काठमाण्डौ क्षेत्र नं ४ (२ ) भूगोल क्लस्टरबाट उम्मेद्वारी दिएका पोखरेल यस अघि सो प्रदेस क्षेत्रको संयोजक समेत रहेका थिए ।

करिव २५ वर्ष देखि सहकारी क्षेत्रमा सक्रिय रहेका पोखरेल यस अघि नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सचिव समेत रहिसकेका छन।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सदस्य तथा सहकारी विभाग प्रमुख समेत रहेका पोखरेल नेपाल ह्यान्डबल संघका उपाध्यक्ष समेत रहेका छन।

स्थानीय तहको निर्वाचन परिचालन कमिटीको सचिवालय सदस्य तथा अनुगमन समिति प्रमुख रहेर सफलतापुर्वक जिम्मेवारी बहन गरेका पोखरेल राजनीति संगै विभिन्न व्यवसायिक र सामाजिक संघ संस्थाहरु संग आवद्ध रहेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।