ओम स्कुलको ३३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

ओम स्कुलको ३३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

कपन अनलाइन
काठमाडौं, जेठ १९।

बुढानीलकण्ठ नगरपालिका वडा नं  १ मा स्थित ओम स्कुलको ३३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । नेपाली राष्ट्रिय गानका गीतकार प्रदीप कुमार राई ‘व्याकुल माइला’ को प्रमुख अतिथ्यता रहेको यस उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा अकोरे नेपाल कन्ट्री डाइरेक्टर ‘सलुजा आचार्य’ को उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा अतिथि गणका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारदप्रसाद भण्डारीको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रम विद्यालयका  संस्थापक सद्गुरुदेव कमल योगीद्वारा दीप प्रज्वलन गरी सुरु गरिएको थियो ।

उक्त कार्यक्रममा गएको वर्षको एसइइ ब्याचलाई उत्कृष्ट नतिजाको लागि शुभकामना प्रदान गरिएको थियो भने विद्यालयका विद्यार्थीहरूद्वारा विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू समेत सञ्चालन गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक सुमित्रा लामाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारद प्रसाद भण्डारीले समापन गरेका थिए।

तपाइँको प्रतिक्रिया ।