बुढानिलकण्ठ-१० निलोपुलवासीले फेरी सडक बन्द गरे, चाडै सडक निर्माण सम्पन्न गर्ने सहमति

बुढानिलकण्ठ-१० निलोपुलवासीले फेरी सडक बन्द गरे, चाडै सडक निर्माण सम्पन्न गर्ने सहमति

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १० निलोपुलवासीले  सडक निर्माणमा ढिलाई भएको भन्दै दोश्रो पटक सडक बन्द गरेका छन। ठेकेदार कम्पनिले निर्माणमा ढिलाई गर्दा सो क्षेत्रको ब्यापार व्यवसायमा बाधा पुगेको भन्दै सडक बन्द गरेर प्रदर्शन गरेका हुन।

स्थानीयहरुले सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि निलोपुलमा पुगेका वडा नं १० का अध्यक्ष नवराज भट्टराईको सहजीकरणमा ठेकेदार कम्पनि संग छलफल भएको थियो।

वडा नं १० को कार्यालयमा भएको छलफलमा ठेकेदार कम्पनिले जेष्ठ २० गते भित्र निर्माण सम्पन्न गर्ने सहमति भएको छलफलमा सहभागी एक स्थानीयले जानकारी दिएका छन।

वडा नं १० को व्यापारिक केन्द्रका रुपमा रहेको निलोपुल क्षेत्रमा सडक निर्माण ढिलाई हुँदा स्थानीयहरुले व्यावसायिक रुपमा ठुलो क्षेती बेहोर्दै आएका छन ।

 

तपाइँको प्रतिक्रिया ।