जोसेफ स्कुलमा बिध्यार्थीहरुलाई निर्वाचन प्रक्रिया सिकाउन निर्वाचन सम्पन्न

जोसेफ स्कुलमा बिध्यार्थीहरुलाई निर्वाचन प्रक्रिया सिकाउन निर्वाचन सम्पन्न

कपन अनलाइन

काठमाण्डौ,बैशाख २४।

जोसेफ स्कुलमा अध्ययनरत बिध्यार्थीहरुलाई प्रजातान्त्रिक ब्यबस्था, नेतृत्व चयन हुने बिधि, निर्वाचन प्रणाली र नेतृत्व बिकास सम्बन्धि सीप बिकासको लागि जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलमा आज मिति २०८१ बैशाख २१ गते शुक्रबार स्कुल क्याप्टेन र भाईस क्याप्टेन चयनको लागि निर्वाचन सम्पन्न भएकोछ ।

कक्षा ३ देखि कक्षा १० सम्मका बिध्यार्थीहरुले मतदान गरि जोसेफ हाई स्कुलको क्याप्टेनमा कक्षा ९ का छात्र ईशान बस्नेत र भाईस क्याप्टेनमा मौलिक अधिकारी निर्वाचित भएका छन । त्यसै गरि ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको क्याप्टेनमा सृष्टिका गुरुङ र भाईस क्याप्टेनमा सुरक्षा गुरुङ निर्वाचित भएका छन ।

निर्वाचनको सम्पुर्ण प्रक्रिया मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, उम्मेदवारको अन्तरबार्ता र ककस सहित योजना प्रस्तुति, उम्मेदवारको प्रचार- प्रसारको एक हप्ता लामो प्रक्रिया पुरा गरि आजनै मतगणना गरि नतिजा प्रकाशन गरि बिजयी बिध्यार्थीहरुलाई प्राचार्य मनोज अधिकारी र सहायक प्राचार्य दिपक अधिकारी सहित ईन्चार्जहरुले खादा तथा माला लगाएर बधाई ज्ञापन गर्नु भयो ।

जोसेफ स्लुलमा यस्तो निर्वाचन प्रक्रिया बिगत दुई दशकदेखि संचालन आईरहेकोछ ।

तपाइँको प्रतिक्रिया ।