प्रथम बुढानिलकण्ठमा खेलकुद महोत्सव सम्पन्न

प्रथम बुढानिलकण्ठमा खेलकुद महोत्सव सम्पन्न

कपन अनलाइन

काठमाडौँ,वैशाख २३ /अमित श्रेष्ठ

बुढानीलकण्ठ नगरपालिका वडा नं ५ मा स्थित बुढानीलकण्ठ स्कुलमा बुढानिलकण्ठ नगरपालिका तथा बुढानिलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डद्वारा आयोजित प्रथम बुढानीलकण्ठ नगर शिल्ड खेलकुद महोत्सव सम्पन्न भएको छ । यस उक्त खेलकुद महोत्सव वैशाख १९ देखि सुरु भएर वैशाख २२ गतेका दिन समापन गरिएको थियो ।

उक्त महोत्सवको सुरुवात एथलेटिक्स अन्तराष्ट्रिय स्वर्ण पदक विजेता वडा नं ०६ निवासी सन्तोषी श्रेष्ठद्वारा ओलम्पीक टर्च बाली गरिएको थियो । यस उक्त समारोह यस नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी , नगर उपप्रमुख अनिता लामा तथा अन्य वडाका वडा प्रतिनिधिहरूको समेत उपस्थितिमा गरिएको थियो ।

उक्त महोत्सवको पहिलो दिन यस नगरपालिकाबाट गल्फुटार हुँदै बुढानिलकण्ठ स्कुलको खेलमैदानसम्म म्याराथन दौड प्रतियोगिता भएको थियो जसमा ‘अमित चौधरी’ प्रथम भएका थिए , त्यस्तै उक्त दौडमा ‘मिङ्मार तामाङ’ ले दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए भने तेस्रो स्थान ‘लोकेन्द्र राई’ ले प्राप्त गर्न सफल भएका थिए जसको जानकारी महोत्सव खेलकुद संयोजक सुमन तामाङ ले दिएका छन् । मोई थाई खेलमा भने पुरुष लाइट वेट तर्फ ‘रोहन उप्रेति’ प्रथम भई विजयी हुन सफल भएका थिए l महिला तर्फ भने मिनी फ्लाइट मा ‘सलिना तामाङ्ग’ विजेता भएकी थिइन् जसको जानकारी महोत्सव खेलकुद संयोजक सुमन तामाङ ले दिएका छन् ।

महोत्सवको सुरुवात भएसँगै द्वितीय र तृतीय दिनहरूमा फुटबल , बास्केटबल , कराते आदि खेलहरू सञ्चालन भएका थिए । उक्त महोत्सवमा प्रथम बुढानीलकण्ठ खेलकुद महोत्सवको उपाधि वडा नं ३ ले प्राप्त गर्न सफल भएको थियो । त्यस्तै खेलकुद महोत्सवको द्वितीय उपाधि वडा नम्बर ८ ले जित्न सफल भएको थियो भने खेलकुद महोत्सवको तृतीय उपाधि वडा नम्बर १३ ले जित्न सफल भएको थियो जसको जानकारी महोत्सव खेलकुद संयोजक सुमन तामाङ ले दिएका छन् ।

बैशाख १९ गते देखि बैशाख २२ गते सम्म भएको महोत्सवको समापन विशेष अतिथिका रूपमा पूर्व राष्ट्रपती विद्यादेवि भण्डारीको उपस्थितिमा समापन गरिएको थियो । सो कार्यक्रममा  बुढानिलकण्ठ नगरपालिकाका नगरपमुख मिठाराम अधिकारी , नगर उपप्रमुख अनिता लामा , एमाले कमिटी सदस्य डा. राजन भट्टराई तथा महोत्सव खेलकुद संयोजक सुमन तामाङ आदि जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।