बुढानिलकण्ठ नगर शिल्ड प्रतियोगिता हुने, सन्तोषी श्रेष्ठ बनिन सदभावना दुत

बुढानिलकण्ठ नगर शिल्ड प्रतियोगिता हुने, सन्तोषी श्रेष्ठ बनिन सदभावना दुत

कपन अनलाइन

काठमाण्डौ,बैशाख ७।

बुढानिलकण्ठ नगरपालिकामा बैशाख १९ गते देखि २२ गते सम्म बुढानिलकण्ठ नगर शिल्ड प्रतियोगिता हुने भएको छ। बुढानिलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डको आयोजनामा हुने सो प्रतियोगितामा विभिन्न खेलहरु समावेस गरिएका छन।

नगरपालिकामा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा १९ गते देखि २२ गते सम्म बुढानिलकण्ठ स्कुलमा हुने सो प्रतियोगितामा ८ वटा खेलहरुमा नगरका १३ वडाका खेलाडीहरुले भाग लिने बोर्डका अध्यक्ष सुमन तामाङले जानकारी दिएका छन।

प्रतियोगिताको मस्कट,लोगो र प्रचार सामाग्रीहरु सार्वजनिक गरिएको सो पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठलाई सदभावना दुत घोषणा गरिएको थियो भने तयारीका वारेमा पनि जानकारी प्रदान गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल, शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंह सहित प्रशिक्षक र खेलाडीहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता नवराज भट्टराईले स्वागत मन्तव्य राखेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं १ का अध्यक्ष सुरेन्द्र लामा, वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ,वडा नं ५ का अध्यक्ष कृष्ण शाह ठकुरी, वडा नं ६ का अध्यक्ष रवी खड्का, वडा नं ११ का अध्यक्ष राजु अधिकारी र वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको उपस्थितिमा भएको सो सम्मेलनमा पत्रकारहरुको जिज्ञासाहरुको जवाफ नगर प्रमुख अधिकारी र बोर्डका अध्यक्ष तामाङले दिएका थिए।

तपाइँको प्रतिक्रिया ।