६७ औं सहकारी दिवसको अवसरमा बुढानिलकण्ठमा प्रभातफेरी र पुस्तक बिमोचन

६७ औं सहकारी दिवसको अवसरमा बुढानिलकण्ठमा प्रभातफेरी र पुस्तक बिमोचन

कपन अनलाइन

काठमाण्डौ,चैत २२।

बुढानीलकण्ठ नगरपालिका सहकारी शाखाले ६७ औं सहकारी दिवस  “सहकारीमा सुशासनःप्रविधी र एकिकरण” भन्ने मुल नाराका साथ भव्यरुपमा मनाएको छ ।

दिवसको अवसर पारेर सहकारी शाखाले चैत्र २० गते (मङ्गलबार) गोल्फुटार बास्केटबल कोर्ट देखी नगरपालिका भवन सम्म विशेष प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । प्रभातफेरी कार्यक्रममा नगर प्रमूख र उपप्रमिख सहित नगरभित्र संचालित सम्पुर्ण सहकारी संस्थाहरु आ-आफ्नो संस्थाको ब्यानर सहित उपस्थित भएका थिए ।

प्रभातफेरी कार्यजक्रम नगरपालिका आईपुगेपछि सभाहल स्थित एक विशेष सभामा परिणत भयो । सोहि सभा मार्फतनगरप्रमुख मिठाराम अधिकारीले सहकारी दर्पण स्मारिका  पुस्तक बिमोचन गरेका थिए  ।

नगरपालिका सभहलमा आयोजित कार्यक्रममा सहकारी संस्था, जनप्रतिनिधि र सहकारी अभियानताहरु विच विशेष अन्तरक्रिया संचालन समेत  भएको थियो । जस अन्तरगत संस्थाहरुबाट आएको प्रतिनिधिमुलक प्रश्न र जिज्ञासाको जवाफ जनप्रतिनिधि र अभियानताहरुले दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।