एनआईएमबीलाई आरआरबीएल–इसान कप

एनआईएमबीलाई आरआरबीएल–इसान कप

कपन अनलाइन

काठमाण्डौ, चैत ६।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले पराजित ग¥यो । एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले २ गरे । उपाधिसंगै एनआईएमबीले ५० हजार नगद पुरस्कार पायो । आयल निगमले ३० हजार नगद पुरस्कार प्राप्त ग¥यो ।
आयल निगम फाइनलमा पराजित भएको यो लगातार दोश्रोपटक हो । दोश्रो संस्करणको फाइनलमा आयल निगम नेपाल नागरिक उड्डयन प्राधिकरणसंग पराजित भएको थियो । पहिलो संस्करणको उपाधि एभरेष्ट बैंक लिमिटेडले जितेको थियो ।
सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको प्रतियोगितामा नेपाल बैंक लिमिटेड तेश्रो भयो । नेपाल बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २–० गोलले हरायो । रञ्जन बराल र सुदीप सुवेदीले समान १–१ गोल   गरे । नेपाल बैंकले २० हजार नगद पुरस्कार हात पा¥यो ।
प्रतियोगिताभर ९ गोल गरेका एनआईएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने । एनआईएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक घोषित भए । राष्ट्रिय वाणिज्य बैंकले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, राष्ट्रिय वाणिज्य बैंकका नायब कार्यकारी प्रमुख देवेन्द्ररमन खनाल, इसानका अध्यक्ष रामविनय श्रेष्ठ, तत्कालीन पेस्डानका अध्यक्ष कुलप्रसाद आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा विभिन्न १६ संस्थाका १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । इसान स्थापना भएपछि संस्थाको यो पहिलो खेलकुद प्रतियोगिता हो । प्रतियोगिताको सह–प्रायोजकमा कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड,
इसानअघि यो संस्था सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को नाममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता थियो । नयाँ खेलकुद ऐन अनुसार पेस्डान राखेपमा नवीकरण गर्न नमिल्ने भएपछि आगामी दिनमा खेलकुद गतिविधिलाई निरन्तरता दिने उद्देश्यसाथ इसानलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको हो । पेस्डानले विभिन्न खेल समावेश गरी १३ औं संस्करणको खेलकुद प्रतियोगिता आयोजना गरिसकेको थियो ।

तपाइँको प्रतिक्रिया ।