नेकपा एमाले बुढानिलकण्ठको प्रतिनिधि छनौट चैत १० गते , कस्तो छ मापदण्ड ?

नेकपा एमाले बुढानिलकण्ठको प्रतिनिधि छनौट चैत १० गते , कस्तो छ मापदण्ड ?

कपन अनलाइन

काठमाण्डौ, चैत ५।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको दोश्रो अधिवेसनका लागि चैत १० गते प्रतिनिधि छनौट हुनेछन। नगर कमिटी अन्तर्गतका १३ वडा र विभिन्न जन संगठनहरुबाट नगर अधिवेसनका लागि प्रतिनिधि छनौट हुनेछन।

वडा नं १० को कपन ह्यान्डबल मैदानमा चैत १६ गते हुने उद्घाटन शत्रको तयारीलाई तीव्र बनाएको नगर कमिटीले निर्देशन जारी गर्दै सबै कमिटीहरुले चैत १० गते प्रतिनिधि छनौटका लागि अनुरोध गरेको छ।

यसपटक पनि पहिलो अधिवेसन जस्तै २०: १ को प्रावधानमा प्रतिनिधि छनौट हुने जनाउदै एमाले श्रोतले अधिवेसन भएका भएका जन संगठनबाट २ र भेला आयोजक समितीबाट गठन भएका जन संगठनबाट एक /एक जना प्रतिनिधि छनौट हुनेछन।

यस्तो छ कार्यतालिका :

१.२०८०/१२/२ गते ८ः००बजे आर्थिक कमिटीको बैठक

२.२०८०/१२/२गते ४ः००बजे जनपरिचालन समितिको बैठक

३.२०८०/१२/३गते ८ः०० बजे सांस्कृतिक समितिको बैठक

४.२०८०/१२/३गते ४ः००बजे प्रकाशन प्रचार समितिको बैठक

५.२०८०/१२/४ गते ८ः०० बजे स्वयंसेवक समितिको बैठक

६.२०८०/१२/५ गते दिउसो ३ः००बजे मञ्च व्यवस्थापन समिति को बैठक

७.२०८०/१२/६ गते ८ः०० बजे उत्कृष्ट वडा घोषणा समितिको बैठक

८.२०८०/१२/६ गते ४ः०० बजे खाद्यव्यवस्थापन समितिको बैठक

९.२०८०/१२/७ गते बिहान १३ वटा(सबै) वडाको बैठक बस्ने अधिवेशन तयारी

१० .२०८०/१२/१० गते ११ः०० बजे एकै समयमा सबै वडामा प्रतिनिधि छनौट

तपाइँको प्रतिक्रिया ।