जोसेफ हाइस्कुलको २७औँ वार्षिक उत्सव ,अभिभावक दिवस, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

जोसेफ हाइस्कुलको २७औँ वार्षिक उत्सव ,अभिभावक दिवस, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

कपन अनलाइन 

काठमाण्डौ फागुन २७ \ अमित श्रेष्ठ \ काठमाडौँ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० , कपन स्थित मिलनचोकमा रहेको जोसेफ हाइस्कुलको २७ औँ वार्षिक उत्सव , अभिभावक दिवस , सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई सम्मान प्रदान गरिनुका साथै विविध सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

बुढानीलकण्ठ नगरपालिकाको नगरपमुख मिठाराम अधिकारी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको विशेष अतिथ्यता भएको उक्त वार्षिकोत्सव , अभिभावक दिवस , सम्मान तथा सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूलाई पत्रकारिता तथा शिक्षाका बारेमा ज्ञान प्रदान गरिएको थियो भने यसको साथ साथै आर्थिक गतिविधिहरू तथा विद्यालयले प्राप्त गरेका सफलताका गाथाहरू समेत प्रस्तुत गरिएको थियो।

केहि नयाँपन दिन खोजिएको भब्य समरोहमा गणेश स्तुति, शिव ताण्डव नृत्य, अभिबावकहरुको गायन र नृत्य, गिति नाटक, प्रोफेस्नल स्मार्ट वाक भनेर सबै पेशाको सम्मान सहितको प्रस्तुतिले कार्यक्रमलाई उत्कृष्ट बनाएको थियो । कक्षागत नृत्यलाई ब्यबस्थितरुपमा सबैलाई समेट्दै एक हजार तिनसय बिध्यार्थीहरुले आफ्नो कला देखाउने अवसर प्राप्त गरेको कुरा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्राचार्य मनोज अधिकारीले जानकारी दिनुभयो ।   जोसेफ मावीका संस्थापक प्रधानाध्यापक सुर्य बहादुर अधिकारीले अतिथि तथा अभिभावकहरुलाई स्वागत गर्दै विद्यालयको शैक्षिक गतिविधिको वारेमा जानकारी दिएका थिए।

बिध्यालयको शैक्षिक उपलब्धि संगै नेपालको शैक्षिक र आर्थिक विकासमा जोसेफ एजुकेसन नेटवर्कको योगदानका वारेमा पनि चर्चा गर्नुभएको थियो। जोसेफ माबिको कक्षा ६ की छात्रा शिखा त्रिपाठी   र इन्टरनेसनल जोसेफ पब्लिक स्कुलको कक्षा ६ की छात्रा निष्ठा शाक्यले स्वागत मन्तव्य राखेको कार्यक्रममा जोसेफ स्कुलका शैक्षिक परामर्शदाता उत्तम दाहालले जोसेफ स्कुलले लागु गरेका नयाँ परिबर्तित शैक्षिक प्रणाली,मुल्यांकन पद्धति र जोसेफ स्कुललाई नमुना बिध्यालयको रुपमा बिकास गरिएको कार्य योजना प्रस्तुत गर्दै नमुना अभिभावक बन्ने कलाको कक्षागत तालिम जोसेफ स्कुलमा संचालन भैरहेकोले अभिभावकहरुलाई सहभागी हुन अनुरोध गर्नुभएको थियो।

तपाइँको प्रतिक्रिया ।