बुढानिलकण्ठ -११ का सक्रिय महिलाहरु सम्मानित, को को छन ?

बुढानिलकण्ठ -११ का सक्रिय महिलाहरु सम्मानित, को को छन ?

कपन अनलाइन
काठमाडौं, फागुन २४।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले विभिन्न क्षेत्रमा योगदान पुर्याएका सक्रिय महिलाहरुलाई सम्मान गरेको छ।अन्तरास्ट्रिय नारी दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले विभिन्न क्षेत्रमा रहेर योगदान गरेका महिला व्यक्तित्वहरुलाई सम्मान गरेको हो।

कार्यक्रममा पूर्व वडा सदस्यहरु जानकी अधिकारी, भगवती निरौला, रत्न नगर्ची दर्जी, शिक्षक कल्पना चालिसे, उद्धमी महिला तुलसा लिम्बू, निजामती कर्मचारी उपसचिव शोभा चालिसे, महिला प्रहरी पूर्व प्रनानी दुर्गा कोइराला, पिएचडी होल्डर डा.आरती कार्की, महिला खेलाडी दिबिसा लामा, अधिवक्ता कौशिला गुरुङ, स्वास्थ्य स्वयंसेवीका उर्मिला चालिसे, साहित्यकार सुशीला पौडेललाई सम्मान गरिएको थियो।
त्यस्तै महिला संजाल पूर्वअध्यक्ष संगीता पन्त, भवानी देउजा,आर्किटेक विनिता रेग्मी, नर्सिङ चेतना पौडेल, पत्रकारिता कल्पना शर्मा, महिला सहकारीकर्मी बबिता थापा बुढाथोकी र चन्द्रावती बानियाँ अधिकारी, बैंक अधिकृत विनिता सिंह, उत्कृष्ट विद्यार्थी आश्मा बम, महिला कृषक ललिता गुरुङ, साना व्यापारी दुर्गा गौतम, समाजसेवी अर्चना खतिवडा र जेष्ठ नागरिक ठुलीकाली बानियाँलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
बूढानीलकण्ठ नगर उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यता र वडाध्यक्ष राजुु अधिकारीको सभाध्यक्षतामा आयोजित कार्यक्रममा  वडाभित्र बसोबास गरि महिला उत्थान तथा सशक्तीकरणमा गैह्र राजनैतिक रूपमा विशेष योगदान पुर्‍याउने महिलाहरुलाई सम्मान गरिएको वडा सदस्य  सर्मिला गौतमले जानकारी दिएकी छन ।

 

तपाइँको प्रतिक्रिया ।