आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

कपन अनलाइन

काठमाण्डौ ,फागुन १६।

आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।
एकेडेमीले मधेश प्रदेशलाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि ‘प्लेयर अफ द म्याच’ मधु राईले २ तथा शोभा शर्माले १ गोल गरे । मधेशकी शुभम्ले १ गोल गरिन् ।
जनकपुरमा भइरहेको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीले पनि जित निकाले । सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ३–० गोलले हरायो । ‘प्लेयर अफ द म्याच’ सन्जनाकुमारी भारतीले २ तथा नमिता एसकेले १ गोल गरे ।
आर्मीले कोशी प्रदेशमाथि ६–० को जित दर्ता ग¥यो । दम्मरा भट्ट, ‘प्लेयर अफ द म्याच’ सरस्वती तामाङ, सितामाया बालाक्लाभा, कमला चन्द, ममता भट्ट र सिमा खड्काले समान १–१ गोल गरे ।

तपाइँको प्रतिक्रिया ।