तालामाराङमा `मेलम्ची स्प्रीङ´वाटर सन्चालनमा आयो

तालामाराङमा `मेलम्ची स्प्रीङ´वाटर सन्चालनमा आयो

कपन अनलाइन

काठमाण्डौ ,फागुन १५।

मेलम्ची स्प्रीङ वाटरको  एक कार्यक्रमका बीच उद्घाटन भएको छ । कार्यक्रम मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले उद्घाटन गर्नुभयो ।

दिनप्रतिदिन युवाहरु विदेश र शहर पलायन भइरहेको अवस्थामा गाउँमै केहि गर्न सकिन्छ भन्ने उदेश्यले अहिले संचालन गरिरहेको उद्योगले रोजगारीको समेत अवसर रहेको बताए  ।

स्थानीय मोहन तामाङले सुरु गर्नुभएको पानी उत्पादनले मेलम्ची नगरपालिका भित्रको सरकारी कार्यालयमा अब उपरान्त यहीँ पानी प्रयोग गरिने उद्घोष गरेका थिए।

उपप्रमुख प्रधानले अन्यत्र बाट आउने भन्दा पनि यहीँको उत्पादनलाई प्राथमिकता दिन ब्यापारी तथा संघ संस्था हरुलाई समेत आग्रह गरे  ।आगामी दिनमा नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत संग बसेर छलफल गर्ने बताए  ।

स्थानीयलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय ब्यापारी सुनिता पराजुलीले पानी किनेर सहयोग गरेकी थिइन् भने  उपप्रमुख उमा प्रधानले समेत पानी खरिद गरेकी थिइन्।

दैनिक १२ सय लिटर पानी गर्ने लक्ष्य लिइएको संचालक मोहन तामाङले बताए। सो  कार्यक्रममा कार्यबाहक वडा अध्यक्ष भोलानाथ ढुंगाना,कार्यपालिका सदस्य रिममाया तामाङ,वडा सचीव पशुपति बिश्वकर्मा लगायतको उपस्तिथिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।