काठमाडौं जिल्लास्तरीय तेक्वान्दोमा लैनचौरलाई उपाधि
आयोजक लैनचौर तेक्वान्दो डोजाङले लैनचौर काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । १२ स्वर्ण, ५ रजत र २ कांस्य जित्दै लैनचौर टिम च्याम्पियन बन्यो ।
लैनचौर खेल मैदानमा भएको प्रतियोगितामा माउन्ट लार्के २ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको धर्मस्थलीले २ स्वर्ण, ३ रजत र ७ कांस्य हात पा¥यो ।
प्रतियोगताको पुरुषमा लैनचौरका सुगम भुजेल तथा महिलामा कार्भेस्थलीकी जमुना मगर उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई काठमाडौं महानगरपालिका वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, आयोजक डोजाङका अध्यक्ष रामबहादुर रजक, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा करिब ४ सय खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक डोजाङ प्रमुख गौरव रजकले जनाएका छन् ।