“बुढानीलकण्ठ साहित्यिक/सांस्कृतिक महोत्सव” को तयारी अन्तिम चरणमा…
कपन अनलाइन
काठमाडौं, फागुन ८/आशीर्वाद पुडासैनी
बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव २०८०’ को आयोजना हुने भएको छ । बुढानीलकण्ठको आयोजनामा यहि फाल्गुन ११ र १२ गते हुने दुई दिने महोत्सवमा विभिन्न विषयहरुमा बहसका साथै अन्तरक्रिया हुनेछ ।
नगर प्रमुख मिठाराम आधिकारीको उपस्थितिमा आज नगरपालिका सभाहलमा आयोजित पत्रकार भेटघाटमा महोत्सव संयोजक एवं नगर उपप्रमुख अनिता लामाले महोत्सवबारे सम्पुर्ण जानकारी दिदै पहिलो दिन ११ गते शुक्रबारको दिन वडा नं १३ चुनिखेलमा र दोस्रो दिन वडा नं ३ को प्रसिद्ध तीर्थस्थल बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सवको आयोजना हुने बताएकी छन।
महोत्सवमा राष्ट्रिय कलाकारहरु, कवि, संस्कृतिविद्, विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न नगरपालिकाका प्रमुखहरुकाबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च लगायत सम्पूर्ण विधा तथा क्षेत्रहरुलाई समेट्दै छलफल, बहस तथा अन्तरक्रियाको कार्यक्रमहरु महोत्सवमा समेटिएको आयोजकले जानकारी दिएको छ ।