फागुन ५ गते शनिवार जय बागेश्वरीमा ग्वलः अर्केष्ट्रा प्रस्तुति हुने

कपन अनलाइन

काठमाण्डौ ,फागुन ३।

फागुन ५ गते शनिवार जय बागेश्वरीमा ग्वलः अर्केष्ट्रा प्रस्तुति हुने भएको छ । काठमाडौँ महानगरपालिका तथा ग्वलः बाजँ खलःको  संयुक्त आयोजनामा वडा नं. ८ को जयवागेश्वरी मन्दिर परिसरमा प्रस्तुति गर्न लागिएको हो ।

कार्यक्रम आयोजना हुने मन्दिर परिसरमा आज पत्रकार भेटघाट गर्दै महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले मा जानकारी दिएका छन। अर्केष्ट्रा प्रस्तुतिमा महानगरपालिकाको पूर्वी क्षेत्रका ६ वटा वडा (वडा नं. १, ५, ६, ७, ८ र ३०) का परम्परागत बाद्य समूहको प्रस्तुति हुनेछ ।

कार्यक्रमका बारेमा जानकारी दिँदै संगतले भने, ‘मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्धन गर्ने दायित्व पूरा गर्न कार्यक्रम आयोजना गर्न लागेका हौँ । यसरी बजाइने बाजाहरु स्थानीय जात्रा, पर्व, धार्मिक तथा सामाजिक स्थल तथा क्रियाकलापसँग सम्बन्धित हुनेछन् । यसकारण बाजागाजा तथा बाद्यशैली मनोरञ्जनका लागि मात्र नभइ सामाजिक व्यवस्थासँग पनि जोडेर हेर्नु पर्छ । कार्यक्रम त्यसको प्रवर्धनका लागि हो । यस क्षेत्रसँग सम्बन्धित मूर्त अमूर्त जात्रा पर्व, संस्कार संस्कृति र परम्परालाई एउटै थलोमा देखाउन हामी पशुपति महोत्सवको तयारी गर्दैछौँ ।’’

यसरी बजाइने ग्वलः क्षेत्रमा ९ वटा पोखरी, ९ वटा ढुङ्गेधारा, ९ वटा इनार, ९ वटा ढोका, ९ वटा शक्तिपीठ, ९ वटा पाटीपौवा, ९ वटा डवली, ९ वटा टोल र ९ थरी जात रहेको जानकारी दिदै वडा अध्यक्ष संगतले  अर्केष्ट्रा बादन यिनै सम्पदासँग सम्बन्धित हुने बताएका छन। फोटो सौजन्य : मेट्रो न्युज

तपाइँको प्रतिक्रिया ।