एन्जल्स हार्टलाई सेब बास्केटबल उपाधि

एन्जल्स हार्टलाई सेब बास्केटबल उपाधि

कपन अनलाइन

काठमाण्डौ ,फागुन ३।

एन्जल्स हार्टले प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको   छ ।
सामाखुशीस्थित आयोजक सेबको कोर्टमा भएको फाइनलमा एन्जल्स हार्टले किङडम हिमालयनलाई ३८–२८ ले पराजित ग¥यो । एन्जल्स हार्टको जितमा रुपेश पौडेलले २१ अंक योगदान गरे ।
पहिलो क्वाटरमा ८–२ को अग्रता लिएको एन्जल्स हार्ट दोश्रो क्वाटरमा ७–९ ले पछि प¥यो । तेश्रो र चौथो क्वाटर क्रमशः ८–६ र १५–११ ले आफ्नो पक्षमा पार्दै एन्जल्स हार्टले उपाधि सुनिश्चित ग¥यो ।
एन्जल्स हार्टका अदित पुन मगर ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सेबका सुजन घले उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । उनले ७ पटक ‘थ्री प्वाइन्ट’ प्रहार गरे । प्रतियोगिताभर ६५ स्कोर गरेका किङडमका जिग्मे लामा सर्वाधिक स्कोरकर्ता बने । श्री सत्यसाइ अनुशासित टिम बन्यो ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, सेबका निर्देशक युवराज थापा, संस्थापक मधुमाया थापा र प्रिन्सिपल मौनी थापाले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ २६ गतेदेखि सुरु प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।