प्रशान्ति एकेडेमीले सरस्वती पूजाको अवसरमा निशुल्क स्वास्थ्य सिविर गर्ने

कपन अनलाइन

काठमाण्डौ ,फागुन १।

बुढानीलकण्ठ नगरपालिका वडा नं  १२ कपनमा रहेको प्रशान्ति एकेडेमीले वसन्त पञ्चमी तथा सरस्वती पूजा २०८० को अवसर पारेर विद्यार्थी तथा अभिभावक लक्षित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गर्ने भएको छ ।

विशेष गरी अभिभावकको स्वास्थ्यलाई लक्षित गरेर विद्यालयले निःशुल्क स्वास्थ्य शिविर इमर्जेन्सी हेल्थ केयर कपन सँगको सहकार्यमा सञ्चालन गर्न लागेको हो । रोग लाग्नु अघि नै आफ्नो स्वास्थ्य प्रति आफू सजक रहन र केही समस्या देखिए रोगको पहिचान गरेर निदान गर्न विद्यालयले स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको विद्यालयका प्रधानाध्यापक समिर बास्तोलाले जानकारी दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।