पब्लिक स्पिकिङ्ग प्रतियोगितामा काठमाण्डौ विद्यालयकी सुस्मिता कटवाल प्रथम

पब्लिक स्पिकिङ्ग प्रतियोगितामा काठमाण्डौ विद्यालयकी सुस्मिता कटवाल प्रथम

कपन अनलाइन
काठमाडौं,माघ २८।

निजि तथा आवासिय विद्यालय सङ्गठन काठमाडाै (प्याब्सक) द्वरा आयाेजित पब्लिक स्पिकिङ्ग ट्रेनिङ्ग तथा कम्पिटिसन सम्पन्न गरेका छ ।सो प्रतियोगितामा बुढानिलकण्ठ-१२ मा रहेको काठमाण्डौ विद्यालयकी सुस्मिता कटवाल प्रथम भएकी थिइन्।

प्याब्सक आबद्द २५ वटा स्कुलका करिब ६० जना विद्यार्थीले उक्त कार्यक्रममा भाग लिएका थिए कार्यक्रमकाे ट्रेनिङ्ग सेसन मिति २०८० माघ २६ गते सगरमाथा एजुकेशनल एकेडेमिकाे सभाहलमा भएकाे थियाे ।

उक्त ट्रेनिङ्गसेसनकाे प्रमुख अतिथिकाे रूपमा माेटिभेसनल स्पिकर रविन कट्वाल थिए  भने ट्रेनरकाे रूपमा Miss Nepal 2005 कि मिस नेपाल सुगरिका के.सि हुरहेकी थिइन् भने  दोस्रो सेसनकाे कम्पिटिसन माघ २८ गते प्रोग्रेसिभ सेकेण्डरि स्कुलकाे सभाहलमा सम्पन्न भएकाे थियो।

उक्त कार्यक्रममा सभापति प्याब्सकका अध्यक्ष राजन श्रेष्ठले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथि पब्लिक स्पिकर सराेज घिमिरे र  विष्णु पराजुलि, गेन्द्र लामा लगायत विभिन्न विद्यालयका प्रिन्सपल तथा प्याब्सक कार्यसमितिका सदस्यहरू उपस्थित रहेका थिए।

Miss Nepal 2005 कि Miss Nepal सुगरिका केसि र प्याब्सक कार्यसमितिका सदस्य दिवेश खत्रि निर्णायक रहेको प्रतियोगितामा काठमाडाै बिधालयकी सुस्मिता कटवाल  र शारदा एकेडेमिका सस्मिका के.सी. र  माया कार्की दितीय र तृतीय बनेका थिए ।

प्रथम र द्वितीय हुन सफल विद्यार्थीहरुलाई  नगद रू ५ हजार र ३ हजार सहित  ट्रफि , मेडल र प्रमाण पत्रले सम्मान गरिएकाे  कार्यक्रमकाे संचालनप्याब्सकका महासचिव सुदिप काफ्लेले गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।