जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको खेलकुद सप्ताह -२०८० सुरु

जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको खेलकुद सप्ताह -२०८० सुरु

कपन अनलाइन
काठमाडौं,माघ २५।

बिगत २७ बर्षदेखि काठमाडौ महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा न्युनतम शुल्क गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा अग्रता कायम गर्दै आई रहेको जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलमा शैक्षिक सत्र २०८० को खेलकुद सप्ताहको उद्घाटन जोसेफ एजुकेसनल नेटवर्कका संस्थापक  प्राचार्य सुर्य बहादुर अधिकारीले गरेका छन  ।

दुबै स्कुलमा भब्य खेलकुद झाकी, सास्कृतिक कार्यक्रम गरि सुरु गरिएको खेलकुद सप्ताहको उद्घाटन सत्रमा बोल्दै सस्थापक प्राचार्य सुर्य बहादुर अधिकारीले सफल खेलाडी बन्नको लागि बिध्यालय तह देखिनै बिध्यार्थीहरुमा अनुशासन, लगनशीलता र आफुलाई हरेक तहमा बिकास गर्दै लान सकेमा एक असल खेलाडी बनि बिश्वसामु आफ्नो पहिचान बनाउन सकिन्छ भन्दै सबै बिध्यार्थीहरुलाई शुभकामना व्यक्त गगरेका थिए  ।

ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्राचार्य मनोज अधिकारीले एस बर्ष दुबै स्कुलमा कक्षा नर्सरीदेखि कक्षा ९ सम्म झण्डै १६५० बिध्यर्थीहरुले खेलकुद सप्ताहमा सकृय सहभागी भएर सबै बिध्यार्थीहरुले अवार्ड प्राप्त गर्न सफल होउन भन्ने शुभकामना व्यक्त गरेका थिए  । सोहि अबसरमा हाउस क्याप्टेन शिक्षक तथा बिध्यार्थीहरुलाई हाउस झण्डा तथा खेल शिक्षकलाई खेलकुद सामग्री हस्तान्तरण गरेका थिए  ।

उक्त कार्यक्रममा सहायक प्राचार्य दिपक अधिकारी , ईन्चार्जहरु दुर्गा गुरुङ , स्मिता रिजाल, चादनी श्रेष्ठ,सीमा नगरकोटी, सुमित्रा अधिकारी सहित सम्पुर्ण शिक्षकशिक्षिकाहरु र बिध्यार्थीहरुको उपस्थिति रहेको थियो । यो बार्षिक खेलकुद एक हप्ता संचालन भएर २४ वटा खेलकुदमा प्रतिस्पर्धा हुने र एक हजार छ सय पचास बिध्यार्थीहरुले सहभागी हुनेछन् ।

तपाइँको प्रतिक्रिया ।